माघ १, काठमाडौं । ग्लाबोल आइएमई लघुवित्त वित्तीय संस्थाले आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा बुधवार गेटवे हिमालय रिसोर्ट बेसिसहर, लमजुङगमा सम्पन्न भएको हो ।
सभाले २७ दशमलव ४७ प्रतिशत बोनस शेयर र १ दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
बोनस शेयर वितरण र स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरे पश्चात कम्पनीको चुक्तापूँजी रू. ४३ करोडभन्दा बढी पुगेको छ । हालसम्म कम्पनीले ९५ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।