ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दक्षिण कोरियाकी पूर्वराष्ट्रपतिलाई भ्रष्टाचार मुद्दामा २० वर्ष जेल सजाय

२०७७ माघ, १  
अन्तरराष्ट्रिय
Image Not Found

माघ १, सोल । दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हाईलाई यहाँको उच्च अदालतले २० वर्षका लागि जेल सजाय सुनाएको छ । बिहीवार उच्च अदालतले तल्लो अदालतको निर्णयलाई सदर गर्दै १८ बिलियन जरिवाना पनि तिर्नुपर्ने निर्णय सुनाएको हो ।

६८ वर्षीया पार्कलाई घूस तथा भ्रष्टाचार अभियोगमा अदालतले जेल सजाय तोकेको हो । कोरियाली स्वतन्त्रताका सैन्य कमान्डरसमेत रहेका चुङ हीकी छोरी ग्युनले विभिन्न विदेशी कम्पनीहरुबाट करोडौं डलर घूस लिएको भन्दै उनीमाथि केही वर्षअघि नै मुद्दा दायर भएको थियो ।

सन् २०१३ देखि २०१६ को बीचमा सामसङसहितका कम्पनीहरुबाट उनले घूस लिएको पुष्टि भएको हो । उनले देशका जासूस प्रमुखहरुमार्फत ती कम्पनीहरुबाट घूस लिने गरेको खुलासा भएको हो ।

दक्षिण कोरियामा भ्रष्टचार अभियोगबाट पदमुक्त हुने पार्क पहिलो दक्षिण कोरियाली निर्वाचित राष्ट्रपति हुन् । ग्युनलाई भ्रष्टाचार अभियोग लागेपछि सन् २०१७ को मार्च ३१ देखि नै कारागारमा रहँदैआएकी हुन् । यद्यपि ग्युनले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै आएकी थिइन्। यही बिहीवारको अदालतको फैसलामा भने उनी उपस्थित भइनन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्