ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कांग्रेसभित्र सरकारको नेतृत्व लिन दबाब

२०७७ माघ, २  
१० वर्ष अघि
NA

नेपाली कांग्रेसका अधिकांश सभासदहरूले अब बन्ने नयाँ सरकारको नेतृत्व आप्mनै दलले लिनुपर्ने बताएका छन् । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र संविधान लेखनको जिम्मेवारीलाई पूर्णता दिन कांग्रेसले नै सरकारको नेतृत्व लिनपर्ने सुझाव सहभागी सांसदहरूले दिएका हुन् । बैठकले शान्ति प्रक्रियाको कार्ययोजनासहित संविधान संशोधन गर्नसमेत सुझाव दिएको संसदीय दलका प्रवक्ता नवीन्द्र राज जोशीले जानकारी दिए । पार्टी प्रवक्ता अर्जुन नरसिंह केसीले भने, ‘सरकारको नेतृत्व लिनुभन्दा पनि मुख्य उद्देश्य भनेकै संविधान लेखन र शान्ति प्रक्रिया हो ।’

राइजिङ र सिटिजन्स बैंकबीच सम्झौता
राइजिङ डेभलेप्मेन्ट बैंक र सिटिजन्स बैंकबीच अन्तरबैंकिङ कारोबार सम्झौता भएको छ । सम्झौताअनुसार राइजिङ बैंकका ग्राहकले सिटिजन्स बैंकका कुनै पनि शाखाबाट चेक साट्न पाउनेछन् । चेकमार्फत् एकपटकमा रू. १ लाखसम्म झिक्न तथा रू. ५ लाखसम्म नगद जम्मा गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

सीजीको विश्वकप फुटबल अफर
सीजी टेलिभिजनले दक्षिण अफ्रिाकामा आगमी जुनमा हुन लागेको फिफा विश्वकप फुटबलको अवसरमा सीजी वल्ड कप हिमयोजना ल्याएको छ । यस योजनामा सीजीको १४ र १५ इन्च टीभी खरिदमा नाडी घडी र २१ इन्च वा सोभन्दा माथिको टिभी खरिदमा टिसर्ट तथा एउटा लक्की ड्र कुप प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । लक्की ड्रमार्फत हरेक हप्ता एकजनालाई सीजीको १९० लिटरको रेफ्रिजरेटर प्रदान गरिने कम्पनीले बताएको छ ।

अंक ३७, २०६७, जेठ ३–९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्