ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आलु चिस्यान घर निर्माणले कृषक उत्साहित

२०७७ माघ, २  
कर्णाली प्रदेश
Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । मुगुको खत्याड गाउँपालिका–५ खमाले गाउँ अग्र्यानिक आलु उत्पादनका लागि चर्चित छ । आलु उत्पादनका लागि खमाले  गाउँको हावापानी अनुकूल भए पनि उचित भण्डारण अभावमा बढी उत्पादन भएको आलु खेर जाने गर्दथ्यो । तर अहिले सुविधा सम्पन्न आलु चिस्यान घर निर्माण भएपछि कृषक उत्साहित भएका छन् ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, अनुकूलन कोष, विश्व खाद्य कार्यक्रम एवं ग्रामीण सामुदायिक विकास केन्द्र मुगुको संयुक्त साझेदारीमा सञ्चालित क्याफ्स कर्णाली परियोजनाको सहयोगमा आलु भण्डारण भवन (रस्टिक स्टोर) निर्माण भएको हो । यसले ग्रामीण क्षेत्रमा उत्पादित आलुलाई उचित भण्डारण गर्दै त्यसको गुणस्तर कायम राख्न मद्दत पुग्ने भएको छ । विद्युत् नहुँदा पनि सञ्चालन गर्न सकिनेगरी स्थानीय प्रविधि प्रयोग गरी रस्टिक स्टोर निर्माण गरिएको ग्रामीण सामुदायिक विकास केन्द्र मुगुका कार्यकारी निर्देशक जर्मन नेपालीले बताए ।

खत्याड गाउँपालिकाको खमालेमा ८ दशमलव ५ हेक्टर जमीनमा वार्षिक ६० टन आलु उत्पादन भइरहेको उनले जानकारी दिए । ‘उचित आलु भण्डारणको अभावमा यस क्षेत्रका कृषकले आफ्नो उत्पादन कम मूल्यमा विक्री गर्दै आएका थिए,’ उनले भने, ‘अब गाउँमै रस्टिक स्टोर निर्माण भएपछि आलुको माग बढेका बेला कृषकले बढी मूल्यमा सजिलै विक्री गर्न सक्नेछन् ।’ क्याफ्स कर्णाली परियोजनाको २९ लाख रुपैयाँ लगानीमा बनेको रस्टिक स्टोरमा १० मेट्रिक टन आलु भण्डारण गर्न सकिनेछ ।

आलु उत्पादन धेरै हुने खमालेमा रस्टिक स्टोर निर्माणपछि अब बजारको समेत प्रबन्ध हुनुपर्ने स्थानीय कृषक दत्त बुढाले बताए । उनका अनुसार स्थानीय माझचौर बजारमा मात्र आलु विक्री हुने गरेको छ । ‘गाउँमै रस्टिक स्टोर निर्माण भएपछि आलु कृहिएर खेर जाने चिन्ता त हट्यो, तर बजारीकरणको समस्या कायमै छ ।’ ३८६ घरधुरी रहेको खमाले गाउँका अधिकांश बासिन्दा कृषि पेशामा आबद्ध छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्