ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

६ वर्षे अवधिमा कीर्तिपुरमा बने ३ हजार ५ सयभन्दा बढी नयाँ घर

२०७७ माघ, २  
वाग्मती प्रदेश
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । गएको ६ वर्षको अवधिमा कीर्तिपुर नगपालिकामा ३ हजार ५ सय १३ वटा नयाँ घर बनेका छन् । २०७२ सालमा गएको भूकम्पका कारण पुराना घरमा क्षति पुगेपछि कीर्तिपुरका १० वटै वडामा नयाँ घर निर्माण गर्ने क्रम बढेको हो ।

कीर्तिपुर नगरपालिकाको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा ३४, आव ०७३/७४ मा १ हजार २७, आव ०७४/७५ मा ९ सय ९५, आव ०७५/७६ मा ६ सय २०, आव ०७६/७७ मा ५ सय १ र चालू आर्थिक वर्षको पुससम्म ३ सय ३६ गरी कुल ३ हजार ५ सय १३ नयाँ घर बनेका छन् ।

यीमध्ये वडा– ६ मा सबैभन्दा बढी  ७ सय ६ घर निर्माण भएका छन् भने वडा– ८ मा सबैभन्दा कम १ सय ५२ घर निर्माण भएको तथ्यांकले देखाएको छ ।

नयाँ निर्माण भएका कुल घरमध्ये सबैभन्दा बढी व्यक्तिगत तथा निजी प्रयोजनको आवासका लागि ३२ सय ४४ घर बनेका छन् । व्यापारिक प्रयोजनका लागि २ सय ४७, शैक्षिक प्रयोजनका लागि ८ वटा, सरकारी तथा अर्धसरकारी संस्थाको प्रयोजनका लागि ६ वटा, औद्योगिक प्रयोजनका लागि २ वटा घर बनेका छन् ।

त्यसैगरी सेवामूलक क्षेत्रको प्रयोजनका लागि १, जोखिमयुक्त सामग्री व्यवस्थापनका लागि १ र संस्थागत प्रयोगका लागि ४ वटा घर निर्माण भएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ ।

चालू आर्थिक वर्षको लाग्नुअघि नै कोरोना महामारी सुरु भएकाले यस वर्ष अन्य विगतका वर्षका तुलनाम नयाँ घर निर्माणका लागि नक्सा स्वीकृति लिन आउनेहरूको संख्या पनि घटेको कीर्तिपुर नगरपालिकाको भवन तथा नक्सा शाखाका प्रमुख सुरज ओझाले जानकारी दिए ।

बन्दाबन्दी खुलेसँगै जनजीवन सामान्य बन्दै गएपछि पुनः नयाँ घर निर्माण र तला थप्ने कामका लागि नक्सा पासको काम लिएर आउनेहरूको संख्या विस्तारै बाक्लिँदै गएको उनले बताए ।

भूकम्पछि ६ वर्षको अवधिभित्र कीर्तिपुर नगरपालिकामा निर्माण भएकामध्ये कुनै पनि घर क श्रेणीका बनेका छैनन् । सबै घर ख, ग र घ श्रेणीका मात्र बनेका हुन् ।

यसमध्ये ग श्रेणिका घरको संख्या २ हजार ४ सय २५ रहेको छ । ख श्रेणीका घरको संख्या ७ सय ६९ छ भने ३ सय ५ वटा घ श्रेणीका घर रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्