ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

खुम्चियो बेलायती अर्थतन्त्र 

२०७७ माघ, २  
अन्तरराष्ट्रिय
Image Not Found
अक्टोबर २३,२०१९मा खिचिएको बेलायतको संसद भवनको फाइल फोटो । तस्वीर : गेटी इमेज

माघ ३ लन्डन (बेलायत) । नोभेम्बरमा बेलायती अर्थतन्त्र खुम्चिएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न दोस्रो पटक लकडाउन लगाएसँगै सो अवधिमा अर्थतन्त्र खुम्चिएको हो । 

सरकारी तथ्यांक कार्यालय ‘अफिस फर नेशनल स्ट्याटिष्टिक’ (ओएनएस)ले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा अर्थतन्त्र २ दशमलव ६ प्रतिशतले खुम्चिएको छ । यसको अर्थ अर्थतन्त्र महामारी पूर्वको उच्च स्तरभन्दा ८ दशमलव ५ प्रतिशत तल छ । 

अघिल्लो ६ महीनामा भने अर्थतन्त्र लगातार बढेको थियो । सेवा क्षेत्र प्रभावित हुँदा पब र हजामको व्यवसायमा निकै ठूलो धक्का लागेको ओएनएसको भनाइ छ । तर केही उत्पादन र निर्माण गतिविधिमा भने सुधार आएको बताइएको छ । नोभेम्बरमा सेवा क्षेत्र ३ दशमलव ४ प्रतिशतले खुम्चिएको छ । 

यो सँगै सन् २०२० को फेब्रुअरीको तुलनामा बेलायतको सेवा क्षेत्रको आकार ९ दशमलव ९ प्रतिशत कम छ । बेलायती अर्थतन्त्रमा सेवा क्षेत्रको अनुपात तीन चौथाई रहेको छ । तर केही अर्थशास्त्रीहरुले भने नोभेम्बरको तथ्यांक अपेक्षा गरिएभन्दा राम्रो बताएका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्