ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल हस्तकला महासंघको ४०औं वार्षिक साधारण सभा सम्पन्न

२०७७ माघ, २  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

माघ २, काठमाडौं । नेपाल हस्तकला महासंघको ४०औं वार्षिक साधारण बुधवार सम्पन्न भएको छ । सभा अध्यक्ष सुरेन्द्रभाई शाक्यको सभापतित्वमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।  

साधारण सभाको उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता महासंघका संस्थापक अध्यक्ष सागरसमशेर राणाले गरेका थिए । सो सभामा सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङ, नेपाल सरकारका उद्योग, सचिव चन्द्रकुमार घिमिरे, वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले भर्चुअल माध्यमबाट शुभकामना दिएका थिए ।

त्यसैगरी, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्याकारी निर्देशक शरद विक्रम राणा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंशले भर्चुअल रुपमा नै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वार्षिक सभाको बन्द शत्रमा कार्यसमितिको वार्षिक प्रतिवेदन, वित्तीय प्रतिवेदनमाथि छलफल भई पारित गरिएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्