माघ २, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा पहिलो दिनमा २ लाख ८५ हजार ३१८ जनाले आवेदन दिएका छन् ।
विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार शुक्रवार साढें ४ बजे सम्ममा कुल निष्काशनको ४८ दशमलव ८७ प्रतिशत शेयरको लागि आवेदन परेको हो ।
विक्री प्रबन्धकका अनुसार सो अवधिसम्ममा ३ करोड ७० लाख ६२ हजार ६७० कित्ता शेयरको लागि ३ अर्ब ७० करोड रुपियाँ बराबरको आवेदन परेको छ ।
कम्पनीले प्राथमिक बजारको हालसम्मकै इतिहासमा सबैभन्दा बढी रू. ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री खुला गरेको हो ।
सबै आवेदकले पाउने निश्चित रहेको यो आईपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिभित्रै विक्री बन्द हुने कम्पनीले बताएको छ ।
यो पनि हेर्नुस् :
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको हालसम्मकै सर्वाधिक कित्ता आईपीओ आजदेखि विक्रीमा