माघ ३, काठमाडौं । नेपाल मैदा उद्योग संघको शुक्रवार काठमाडौंमा सम्पन्न २२औं वार्षिक साधारण सभाले कुमुदकुमार दुगड अध्यक्षपदमा पुन : निर्बिरोध चयन भएका छन् ।
सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, दोस्रो उपाध्यक्षमा शुलभ अग्रवाल, तृतिय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ ।
सभाले मूल्य अघिवृद्धि करकाकारण आयातित मैदासँग प्रतिस्पर्धा गर्न नसकेकोले करमा बिचार गरिदिन सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
साथै सभाले मैदा नेपालमै आत्मनिर्भर भइसकेकोले अन्य मुलुकबाट आयातहुने मैदा पूर्ण बन्देज गर्न तथा कच्चापदार्थ गहुं र तयारी वस्तु मैदा आयातगर्दा भन्सार मुल्याङ्कन कमसेकम दुई तहले गर्न पनि माग गरेको छ ।
सभाले गहुं आयातमा ५ प्रतिशत कृषि सुधार शुल्कलाई उद्योगकै नाममा गहुं आयातगर्दा १ प्रतिशत गर्न र मैदानिर्यातमा दिंदै आएको निर्यात अनुदानलाई पुन : ५ प्रतिशत कायम गर्न पनि माग गरेको छ ।