ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने तयारी भइरहेको छ : अर्थमन्त्री

२०७७ माघ, ३  
समाचार
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

माघ ३, काठमाडौं । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सरकारले कोभिड- १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने तयारी गरिरहेको बताएका छन् ।

शनिवार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले विश्व स्वास्थ्य संगठन लगायतका अन्तरराष्ट्रिय स्वास्थ्य संस्थाहरुले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रुपमा सम्पूर्ण नेपालीलाई कोभिड विरुद्धको भ्याक्सिन निःशुल्क रुपमा उपलब्ध गराउने पनि बताए ।

उनले कोभिड-१९ विरुद्धको भ्याक्सिन आयातको लागि आवश्यक बजेटको प्रबन्ध भइसकेको बताउँदै सरकारले निश्चित आकारको बजेको प्रवन्ध गरी खोप कोष स्थापना गरेको जानकारी दिए ।

साथै उनले अन्तरराष्ट्रिय दातृ निकायहरुले स्वेच्छिक रुपमा सहयोग गर्नसक्ने व्यवस्था गरेको भएपनि देशभित्रका कुनै नागरिक तथा संघसंस्थासँग सहयोग लिन अपिल गर्ने नगरिएको बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्