आव २०६६/६७ को नौ महिनामा अघिल्लो वर्ष सोही अवधिको तुलनामा ६१.१२ प्रतिशतले बढेको छ । तर कम्पनीको कुल आमदानी भने २१.८१ प्रतिशतले मात्र बढेको छ । परिणामस्वरूप कम्पनीको खुद नाफा मात्र १.२९ प्रतिशतले बढेको छ । कम्पनीको कर्मचारी, प्रशासनिक र सञ्चालन तथा मर्मत खर्चमा अत्यधिक वृद्धि भएको छ । नौ महिनामा कर्मचारी खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६७ प्रतिशतले बढेको छ भने प्रशासनिक खर्च ८८ प्रतिशतले बढेको छ । त्यसैगरी मर्मतसंभारतर्फ ८३ प्रतिशतले बढेको छ । कम्पनीको सेवामा व्यापक विस्तार भइरहेको र लक्ष्यअनुसार कम्पनीको आमदानी भएको कम्पनीद्वारा प्रकाशित विवरणमा उल्लेख छ । तर खर्चमा देखिएको अत्यधिक वृद्धिका बारेमा भने कुनै कुरा उल्लेख छैन । कर्मचारी तथा प्रशासनिक खर्चमा भएको अत्यधिक वृद्धिले कम्पनीमा अधिक कर्मचारी थपिएको वा सेयरधनीको हितविपरीत कर्मचारी सुविधामा अधिक वृद्धि भएको हुन सक्छ ।
टेलिकमले चालु आवको नौ महिनामा रू. ७ अर्ब ७५ करोड १८ लाख ६० हजार खुद नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा उक्त नाफा रू. ७ अर्ब ६५ करोड ३३ लाख ५४ हजार थियो । कम्पनीको जम्मा खर्च आव २०६५/६६ को नौ महिनामा रू. ५ अर्ब ६० करोड ७० लाख रहेकामा आव २०६६/६७ को सोही अवधिमा बढेर ९ अर्ब ३ करोड ३७ लाख ९२ हजार पुुगेको छ ।
अंक ३७, २०६७, जेठ ३–९