चितवन, (अस) । चितवनमा कोरियन कम्पनीको स्याङयोङ गाडीको सोरुम सञ्चालनमा आएको छ । स्याङयोङको आधिकारिक बिक्रेता म्याक्सवेल मोटर्सले भरतपुरमा सोरुम सञ्चालनमा ल्याएको हो ।
सोरुमको उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष ई. भोजराज कौडेलले उद्घाटन गरे ।
नेपालका लागि स्याङयोङको अधिकारिक बिक्रेता आईएमएस ग्रुपका सञ्चालक दीपेश कायस्थले व्यावसायिक ग्राहकलाई लक्षित गर्दै ६ वर्षअघि स्याङयोङ गाडी नेपालमा भित्र्याइएको बताए । म्याक्सवेल मोटर्सका सञ्चालक हरिप्रसाद पन्तले चितवनमा पहिलो पटक सञ्चालनमा ल्याइएको सोरुमबाट गाडी बिक्रीपछिको सेवा उपलब्ध गराइने जानकारी दिए ।