काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले इन्स्टा–बाई योजना ल्याएको छ । बैंकले ग्राहकलाई वस्तु एवं सेवा खरिद सहज होस् भन्ने उद्देश्यले यो योजना ल्याएको हो ।
योजनामा देशभरका जुनसुकै मर्चेन्टहरूमा क्रेडिट कार्डमार्फत न्यूनतम १० हजारदेखि अधिकतम २ लाख ५० हजार रुपैयाँसम्म भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिनेछ ।
योजनाअन्तर्गत बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्तालाई एकै पटकमा खरिद गरिएको वस्तु तथा सेवाको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोतअनुसारको किस्ता अवधि छनोट गर्न सकिने सुविधा ल्याएको हो ।
योजनामार्फत ग्राहकले आफूले किन्न खाजेको वस्तु तथा सेवा तत्काल खरिद गरी रकम किस्ताबन्दीमा बैंकलाई तिर्न सक्ने सुविधा प्राप्त गर्नेछन् । क्रेडिट कार्ड प्रयोगकर्ताले खरिद गर्ने वस्तु तथा सेवाको खरिद रकम न्यूनतम ३ देखि अधिकतम १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्न सक्ने व्यवस्था छ ।
ग्राहकले क्रेडिट कार्डमार्फत वस्तु तथा सेवा खरिद गरेपछि आफूलाई पायक पर्ने बैंकको शाखा पुगेर किस्ताबन्दीका लागि आवेदन दिन सक्नेछन् । योजनामा सहभागी भई आकर्षक सुविधा प्राप्त गर्न चाहने नयाँ ग्राहकले क्रेडिट कार्डका निम्ति आवेदन दिन बैंकको कुनै पनि शाखा कार्यालय वा बैंकको वेबसाइटमार्फत जुनसुकै स्थानबाट आवेदन सकिने बैंकले जनाएको छ ।
बैंकले हाल १ सय ९ वटा शाखा, ९८ वटा एटीएम र १ सय ७ वटा शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ ।