काठमाडौं (अस) । मञ्जुश्री फाइनान्सको १३ औंं वार्षिक साधारणसभा सम्पन्न भएको छ । माघ २९ गते कम्पनीको साधारणसभा सम्पन्न भएको हो ।
सभाले २३ दशमलव ५० प्रतिशत लाभांश स्वीकृत गरेको छ । यसमध्ये नगद लाभांश साढे ५ प्रतिशत र बोनस शेयर १८ प्रतिशत रहेको छ ।
बोनस शेयर बाँडफाँटपछि संस्थाको चुक्ता पुँजी ९६ करोड ५३ लाख पुगेको छ । वार्षिक साधारणसभाबाट संस्थापक समूहबाट सञ्चालक पदका लागि यादव अधिकारी, रामहरि शर्मा र रविनराज देवकोटा निर्विरोध निर्वाचित भएका छन् ।
सर्वसाधारण शेयरधनीका तर्फबाट दिलमानसिंह चन्द निर्विरोध निर्वाचित भएका छन् । साधारणसभापछि सम्पन्न सञ्चालक समिति बैठकले इन्दिरा पण्डित घिमिरेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।