माघ ४, काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले शेयरधनीको बैंंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले गत पुस १२ गतेको साधारणसभाले पारित गरेको १० प्रतिशत नगद लाभांश पुस १६ गतेदेखि नै शेयरधनीको बैंक खातामा जम्मा गरिदिन थालेको हो ।
हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरु तथा हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।
साथै, आफ्नो शेयर धितो राखेका शेयरधनीहरुको हकमा समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्नको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडमा पेश गर्नसमेत अनुरोध गरिएको छ ।