माघ ४, काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेको पुस २९ गते सम्पन्न १७औं वार्षिक साधारणसभाले पारित गरेको ४.५० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएको छ । कम्पनीले गत पुस १७ गतेसम्म बैंक खाता अद्यावधिक गराउँने शेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांश पुस २९ गतेदेखि नै जम्मा गरिदिएको हो ।
पुस १७ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्दा बैंक खाताको विवरण हुवहु नमिली नगद लाभांश प्राप्त नभएका शेयरधनीहरुको विवरण वेवसाइटमा राखिदिएकोले सञ्याउँन कम्पनीले अनुरोध गरेको छ । यसरी विवरण फरक परी लाभांश रकम भुक्तानी हुन नसकी फिर्ता भई पुनः प्रशोधनको लागि प्रति इकाईधनी रु. ५ शूल्क लिइने कम्पनीले जनाएको छ ।
साथै, कम्पनीको शेयर पुस १७ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त भएपश्चात् मात्र बैंक खातामा नगद लाभांश जम्मा गरिदिने कम्पनीले बताएको छ । सो मिति पश्चात् कर्जा चुक्ता भुक्तानी गर्नु भएका शेयरधनीहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवापत्र प्राप्त भएपश्चात् मात्र बैंक खातामा नगद लाभांश रकम जम्मा गरिने बताइएको छ ।