माघ ४, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । स्थानिय बजारमा आइतवार सुनको भाउ रू. ७०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ८०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ५०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. ७०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ३०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ९२ हजारमा कारोबार भएको थियो ।
यस्तै, आइतवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रवार प्रतितोला रू. एक हजार २६० मा कारोबार भएको चाँदी आइतवार प्रतितोला रू. एक हजार २३० खरीदविक्री भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी रू. ३० ले घटेको हो ।