माघ ४, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेका तीन ओटा कम्पनीको संस्थापक समूहको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज (आइतवार) रहेको छ ।
कम्पनीले पुस १९ गतेदेखि आरएमडिसी लघुवित्तको २२ हजार ३७० कित्ता, ग्रामीण विकास लघुवित्तको २६ हजार ३०० र युनाईटेड इन्स्योरेन्स कम्पनीको ९६ हजार ६४९ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियो ।
आरएमडिसी लघुवित्तको न्यूनतम मूल्य रू. ४८५, ग्रामीण विकास लघुवित्तको रू. २६९ र युनाइटेड इन्स्योरेन्स कम्पनीको रू. २४१ तोकिएको हुँदा सो मूल्यभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
साथै, कुनै एक व्याक्ति वा संस्थाले एक कम्पनीको लागि एउटा मात्र आवेदन फारम पेश गर्नु पर्नेछ । शेयर खरीदको लागि आवेदकले बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताको लागि आवेदन गर्न सक्नेछन् ।
विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड र एक्सेल डेभलपमेण्ट बैंकको केन्द्रिय कार्यालयबाट आवेदन गर्न पाइने कम्पनीले जानकारी गराएको छ ।