ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआईसी एशिया लघुवित्तको तेस्रो साधारण सभा सम्पन्न, स्वदेशी लघुवित्तसँग मर्जरमा जाने प्रस्ताव पारित 

२०७७ माघ, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ ४, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको तेस्रो साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आफ्नै रजिष्टर्ड कार्यालय जाजरकोटमा आइतवार सभा सम्पन्न गरेको हो । 

साभाले एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच भएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई पारित गरेको छ । त्यसैगरी सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्तावहरु सर्वसम्मतरुपमा पारित गरेको छ ।

त्यस्तै, साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरु शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवाली निर्विरोध निर्वाचित गरेको छ ।

कम्पनीले हाल १२० ओटा शाखा कार्यालयहरुमार्फत करीब ४७ हजार सदस्यहरु सहित करीब ३६ हजार सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्