ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अब बैंकिङ नेटवर्क मार्केटिङ

२०७७ माघ, ५  
१० वर्ष अघि
NA

नेपालका बैंकहरूले ग्राहक तान्न बालवृद्ध, शिशु, विधवा नरनारीदेखि एकल एवं जोडीसमेतका नाउँमा गरी थरीथरीका बचत योजनाहरू घोषणा गरेको गर्यै छन् । एउटा बैंकले ल्याएको योजनाको अर्काले नक्कल पनि गरेकै छन् । तर पनि दिन दुई गुना रात चार गुना लोभी बन्दै गएका बैंकहरूप्रति निक्षेकपर्ताहरूको ध्यान पटक्कै तानिएको छैन । सायद त्यसै भएर हुन सक्छ हाम्रा बैंकहरू पनि अन्ततः ग्राहक तान्नका लागि अचुक उपाय ठानिएको पिरामिड शैलीको नेटवर्क मार्केटिङकै शरण पर्न थालेका देखिन्छन् । एउटा क वर्गको बैंकले अघिल्लो साता घोषणा गरिसकेको पनि छ – १० जना साथी बनाएर खाता खोल्नुहोस् , ७.५ प्रतिशत ब्याज लिएर घरै बसीबसी धनी (ऋणात्मक सं.) हुनुहोस् ।

वास्तवमा नेटवर्क मार्केटिङ कुनै पनि व्यवसायको सफलताको अचुक उपाय हो । अझ नेपालमा त सफल हुने योभन्दा अर्को उपाय नै छैन भन्दा पनि हुन्छ । किनभने परापूर्वकालदेखि हामीले अभ्यास गर्दै आएको पद्धति नै यही हो र कुनै एउटा अगुवाको पुच्छर नसमाती यहाँ कहीँ पुगिँदैन । अर्थात् नेटवर्क मार्केटिङ नौलो कुरा होइन । त्यसै भएर पनि हिजोको दिनमा जर्मनीको गोल्डक्वेस्ट, इटालीको पेन्टागोनो, अमेरिकाको एमओए, भारतको एफआइसीजस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नेटवर्क मार्केटिङ कम्पनीहरूलाई नेपालमा प्रवद्र्धन गर्ने पुनीत कार्यमा हाम्रा नेतापत्नी, हाकिमपत्नी, सेनापतिपत्नी आदि पसिना काडेर पछि लागेका छन् । अरूको प्रगति देख्न नचाहने त्यस्तै नेपालीले तिनलाई यहाँ टिक्न दिएनन् ।

(तीतोमीठोबाट)
अंक ३७, २०६७, जेठ ३–९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्