ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पर्वतारोहणमा विन्टर सिजन : नेपालसहित ११ देशका पर्वतारोहीलाई अनुमति

२०७७ माघ, ५  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालको पर्वतीय पर्यटनमा विन्टर सिजनलाई जटिल मानिँदै आए पनि नेपालसहित ११ देशका पर्वतारोहीले हिमाल तथा पिक आरोहणका लागि अनुमति पाएका छन् । पर्यटन विभागले यो सिजन शुरू भएयता नेपाल, भारत, स्वीट्जरल्याण्ड, ओमन, इजिप्ट, टर्की, अमेरिका, कतार, म्यक्सिको, स्पेन, इटालीका गरी ९ दलबाट ४३ आरोहीलाई विभिन्न हिमाल तथा पिक आरोहण गर्न अनुमति दिएको हो ।

कोरोना महामारीकै बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्वतारोहण तथा पदयात्रामा नेपाल आउँदा पालना गर्नुपर्ने शर्त सम्बन्धी मापदण्ड २०७७’ जारी गर्दै गत कात्तिक १ गतेदेखि नेपालमा पर्वतारोहण तथा पदयात्रा खुला गरेको थियो । सरकारको यो निर्णयले पनि यस सिजनको पर्वतीय पर्यटनमा योगदान पु¥याएको विभागका अधिकारी बताउँछन् । विभागका अनुसार यो सिजनमा नेपालसहित स्पेन र अमेरिकाबाट आरोहण गर्ने आरोहीको संख्या धेरै छ । नेपालबाट २१, स्पेनबाट १० र अमेरिकाबाट ४ र अन्य ९ देशबाट एक÷एकजनाले आरोहण अनुमति पाएका छन् । यसबाट सरकारले यो सिजन शुरू हुँदै गर्दा राजस्वबापत रू. ८ लाख ७९ हजार आम्दानी गरेको छ । यसैबीच, शनिवारमात्रै विश्वकै दोस्रो अग्लो हिमाल केटू नेपाली टोलीले सफलतापूर्वक आरोहण गरेको छ । म्याग्दीका निर्मल पुर्जासहित १० नेपाली आरोहीको टोलीले यो सिजनमा सफलतापूर्वक हिमाल आरोहण गरिसकेको छ । आरोहण अनुमतिसँगै नेपाली टोलीलाई सफलता मिल्दा साहसिक पर्यटनका लागि आउन इच्छुकलाई सकारात्मक सन्देश प्रचार भएको विभागको आकलन छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्