ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (सोमवार, ५ माघ २०७७)

२०७७ माघ, ५  
लगानी कम्पनी विश्लेषण
Image Not Found

यस कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ सम्मको सञ्चित मुनाफाबाट कुल १३ दशमलव ६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २४ गतेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब ५० करोड रहेको छ । गत वर्ष यस कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत १५ दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो ।

गत वर्षको भन्दा यस वर्ष कम्पनीको लाभांशमा कमी आएको छ । आइतबार दोहोरो अंकले बढेको बजारमा यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ५७ ले बढेर अन्तिम मूल्य रु. १ हजार ४०१ कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको सेतो शरीरको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बुलिसमा रहेको संकेत गर्छ ।

आरएसआई न्युट्रल जोन ६७ दशमलव ९२ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ३५ दशमलव ३६ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखा यी दुबै मूल्यरेखाभन्दा माथि छ ।

आइतबारको शेयर मूल्य रु. १ हजार ४०१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार २९९ मा टेवा पाउने देखिन्छ । कम्पनीको यस दिनको शेयर मूल्य ५८ कारोबार दिनयताकै उच्च हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्