ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मिर्मिरे लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (सोमवार, ५ माघ २०७७)

२०७७ माघ, ५  
लगानी कम्पनी विश्लेषण
Image Not Found

यस कम्पनीले ९ दशमलव ६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २८ गतेको सञ्चालक समितिको बैठकले हाल कम्पनीको चुक्ता पुँजी रु. ३९ करोड ६१ लाख ४६ हजारको आधारमा ९ दशमलव २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको लागि यसअघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको हो । यसअघि कम्पनीले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश गरी कुल १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्दा वित्तीय विवरण सुधार गरी पुनः पेस गर्न निर्देशन भएकाले लाभांश संशोधन गरेको हो ।

यसअघिको प्रस्तावित लाभांशको तुलनामा संशोधित लाभांश २ दशमलव ९५ प्रतिशत कम भएको छ । आइतबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ४५ ले घटेर अन्तिम मूल्य रु. १ हजार ४०० कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्यागिङ म्यान बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको हालको प्रवृत्ति उल्टिने संकेत गर्छ ।

आरएसआई ओभर बौज्टजोन ७९ दशमलव २६ बिन्दुमा छ । यसले शेयर खरिद चाप बढी रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ४५ दशमलव २५ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ ।

यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

आइतबारको शेयर मूल्य रु. १ हजार ४०० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार १२९ मा टेवा पाउने र महँगिए रु. १ हजार ४४५ मा प्रतिरोध पाउने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्