माघ ५, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा सोमवार होटल ह्यारिसन प्यालेस बजरंगबली मार्ग विराटनगरमा बिहान ११ बजे सम्पन्न भएको हो ।
सभाले आव २०७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५२६ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै, बोनस शेयर वितरण गरेपछि शेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियामावली संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
हाल कम्पनीको संस्थापक समूहको शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत रहेकोमा उक्त शेयर संरचनालाई संस्थापक ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत बनाउने प्रस्ताव पनि पारित गरेको छ ।