ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा ११ लाख ७७ हजार जनाभन्दा बढीले दिए आवेदन 

२०७७ माघ, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ ५, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ खरीदका लागि सोमवार ५ बजेसम्म ११ लाख ७७ हजार ९२० जनाको आवेदन परेको छ । 

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार यी आवेदकहरुबाट १४ करोड १९ लाख ९६ हजार ४२० कित्ताको लागि आवेदन परेको हो । उक्त  कम्पनीको आईपीओमा माघ ६ गते मंगलवारसम्म आवेदन दिन सकिनेछ ।

उक्त कम्पनीले प्राथमिक बजारको हालसम्मकै इतिहासमा सवैभन्दा बढी रू.८ अर्ब बराबरको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर माघ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको हो ।

कम्पनीले कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ ।

खरीदकर्ताहरुले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरोशेयर सफ्टवेयरसँगै मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्