ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राजस्व छलि गर्नेविरूद्ध ६ करोड बिगो मागसहित उच्च अदालतमा मुद्दा दायर

२०७७ माघ, ५  
समाचार
Image Not Found

माघ ५, काठमाडौं । राजस्व छलीमा संलग्न रहेको भन्दै राजस्व अनुसन्धान विभागले आइतवार उच्च अदालतमा मुद्दा दायर गरेको छ । 

विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छलि गर्ने बारा जिल्ला विश्रामपुर वडा नं ५ वस्ने शुलभ ट्रेड कन्सर्नका प्रोप्राईटर अमिरी ठाकुरबाट रू. ६ करोड ५२ लाख १३ हजार ७२६ विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । 

शुलभ ट्रेड कन्सर्नले वस्तु तथा सेवा खरीद नै नगरी झुट्टा तथा नक्कली विक्री बीजक जारी गरी आव २०६८/०६९ देखि २०७३/०७४ सम्ममा मूल्य अभिवृद्धि कर तथा आयकर राजस्व चुहावट गरेको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्