माघ ५, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । सोमवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रू. दुईका दरले वृद्धि गरिएको निगमले जानकारी दिएको छ ।
समायोजन पश्चात पेट्रोलको मूल्य प्रतिलिटर ११० रूपैयाँ तथा डिजेल र मट्टितेलको मूय प्रतिलिटर ९३ रूपैयाँ कायम भएको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य हाललाई यथावत् नै राखिएको निगमले जानकारी दिएको छ ।
मूल्य समायोजनपश्चात् पनि पेट्रोलमा प्रतिलिटर रू. ४ दशमलव ३४, डिजेलमा प्रतिलिटर रू. २ दशमव ९६ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर रू. १३४ दशमलव ७२ घाटा रहेको निगमले जानकारी दिएको छ ।