ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

टीएमएसमा भएका शेयरबजारका उपकरण कहिले आउलान् व्यवहारमा

२०७७ माघ, ६  
लेख | दृष्टिकोण
Image Not Found

नेपालमा स्वचालित विद्युतीय प्रणाली (अनलाइन) मार्फत शेयर करोबार हुनथालेको २ वर्ष नाघेको छ । २ वर्षको अवधिमा अनलाइनमार्फत कारोबार गर्नेको संख्या पनि ह्वात्तै बढेको छ । गतवर्ष फैलिएको कोरोना त्रासदीपश्चात् मानिसबीच दूरी बढेपछि अनलाइन लिने क्रमले तीव्रता पाएको हो । अहिले दलाल कार्यालयमा पुगेर आदेश (खरीद र विक्री) दिनेको संख्या छँदै छैन जत्तिकै अवस्थामा पुगेको छ । अनलाइन प्रणालीमा आबद्ध भएपछि प्रणालीमा देखिएका वित्तीय उपकरणका नामले अन्य वित्तीय उपकरण पनि हुँदा रहेछन् भन्ने जानकारी पाएको जस्तो पनि देखिएको छ । अनलाइन प्रणालीको टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) मा देखिएका वित्तीय उपकरणको संक्षिप्त नामको विस्तृत अर्थ र यी उपकरणको बारेमा परिचय गराउने प्रयास यस आलेखमा गरिएको छ ।

भूमि लगानी कोष (रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट) जस्ता उपकरण पनि ल्याएर भूमिको कारोबारबाट प्राप्त हुने लाभमा सबैको पहुँच पुग्ने मात्र होइन, व्यवस्थित बस्ती बसोवासको लागि थप टेवासमेत पुग्ने थियो ।

टीएमएस र उपकरण
अनलाइन कारोबार गर्न टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) मा छिरेपछि गृहपृष्ठको देब्रेतर्पm देखिने विभिन्न शीर्षकमध्येको आदेश व्यवस्थापन (अर्डर म्यानेजमेन्ट) खोलेपछि आदेश (खरीद वा विक्री) भन्ने विकल्प देखिन्छ । यसमा प्रवेश गरेपछि सबैभन्दा माथि लहरै कन्टिन्युअस (११ देखि ३ बजेसम्म), प्रिओपन (१०ः३० देखि १०ः४५ बजेसम्म), अडलट (११ देखि ३ बजेसम्म) र स्पेशल प्री ओपन (१०ः३० देखि १०ः४५ बजेसम्म) देखिन्छ । प्रारम्भिक सूचीकरण भइसकेको हरेक कम्पनीका लागि त्यस दिन कारोबार खोल्नको र विशेष प्रारम्भिक नवसूचीकृत कम्पनीका लागि पहिलो कारोबार मूल्य तय गर्नु हो । १० कित्ताभन्दा कम शेयर कारोबार गर्न अडलट विशेष व्यवस्था हो । त्यसैको तलमुनि रहेको उपकरण प्रकार (आईएनएसटी टाइप) रोजेर आदेश प्रविष्ट गर्नुपर्छ । यसमा विभिन्न वित्तीय उपकरणको संक्षिप्त रूप दिइएको छ । उपकरण छनोट गरेपछि त्यसको मूल्य कति राख्ने त्यसका लागि ‘लिमिट’ र ‘मार्केट’ भन्ने दुईओटा विकल्प छन् । लिमिट भन्ने विकल्प स्थायी रूपमा रहन्छ । यसको अर्थ तत् क्षण तोकिएको मूल्यान्तरमा आपैmले मूल्य प्रविष्ट गर्नुपर्छ । सर्वाधिक लगानीकर्ताले रोज्ने यो (लिमिट) प्रचलित विधि हो । तोकिएको मूल्यान्तर आपैmले प्रविष्टि नगरी ‘मार्केट’मा पनि राख्न सकिन्छ । यसको अर्थ बजारमा जति मूल्य चलिरहेको छ त्यतिमा नै आदेश कार्यान्वयन (खरीद वा विक्री) हुन्छ । आईएनएसटी टाइपमा देखिएका र नदेखिका वित्तीय उपकरणबारे र नेपालमा कुनकुन प्रचलनमा छन्, संक्षेपमा उल्लेख गरिएको छ ।

१. इक्विटी (इक्यू) : नेपालमा सर्वाधिक प्रचलित उपकरण यही हो । सामान्य बोलीचाली बोलिने शेयर यही हो । यस्ता शेयर अग्राधिकार र साधारण गरी दुई प्रकारका हुन्छन् । नेपालमा अग्राधिकार शेयर प्रचलनमै छैन भन्दा हुने स्थिति छ । साधारण शेयरको परिभाषाभित्र सर्वसाधारणलाई जारी गरिएको शेयर मात्र होइन, संस्थापकले धारण गरेको शेयरलाई पनि जनाउँछ । टीएमएसमा कारोबार गर्दा इक्यू रोजेपछि मात्र सूचीकृत कम्पनीको स्टक सङ्केत (जस्तै ः नेपाल बैंक लिमिटेडको स्टक संकेत एनबीएल) देखापर्छ । यो (इक्यू) टीएमएसमा स्थायी रूपमा देखिन्छ ।

२. बोन्ड (बीओ) : नेपालमा यो उपकरण प्रचलनमा छैन भन्दा पनि हुन्छ । यो कम्पनीले लिएको ऋण पूँजी र डिवेन्चर जस्तै हो । यसमा कम ब्याज पाइन्छ र पूर्ण सुरक्षित हुन्छ । सरकारी ऋणपत्रलाई यो श्रेणीमा राख्न सकिन्छ । कम्पनीले यस्ता उपकरण जारी गरेका छैनन् ।

३. म्युचुअल फन्ड (एमएफ) : यो इक्यूपछिको अर्को सर्वाधिक प्रचलित उपकरण हो । यस्ता फन्ड निश्चित अवधिका हुन्छन् । समय पूरा भएपछि खारेजीमा जान्छन् । यस्ता फन्ड खुला र बन्दमुखी गरी दुई प्रकारका हुन्छन् । हाल १७ बन्दमुखी दुईओटा खुलामुखी फन्ड सञ्चालनमा छन् । खुलामुखी फन्डका एकाइ स्टक एक्सचेन्जमा कारोबार हुँदैन ।
 
bयो उपकरण इक्यू र एमएफपछिको सर्वाधिक प्रचलनमा आउनसक्ने देखिएको छ । सामान्य बोलीचालीमा यसलाई डिवेन्चर मात्र भनिन्छ । यो कहिले पनि साधारण शेयरमा परिवर्तन हुँदैन । निश्चित अवधिका लागि जारी गरिन्छ र वार्षिक वा अर्धवार्षिक रूपमा निश्चित ब्याज प्राप्त हुन्छ । यो बोन्ड जस्तै भए पनि यसलाई पूर्ण सुरक्षित मानिँदैन । अहिले बैंकले जारी गरेको डिवेन्चर यही हो । अवधि समाप्त भएपछि मूल रकम फिर्ता पाइन्छ । यसलाई शेयरसरह धितोबन्धक राख्न सकिन्छ ।

५. प्रिफरेन्स शेयर (पीएस) : नेपालमा यसको पनि खासै उपयोग छैन । यसमा पनि निश्चित ब्याज पाइन्छ । एभरेष्ट बैंक लिमिटेडले जारी गरेको यस्तो प्रकारको शेयर ईबीएलसीपी सङ्केतमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भइरहेको छ । कृषि विकास बैंक लिमिटेडमा यस्तो शेयर भए पनि नेप्सेमा कारोबार हुँदैन । यस्ता शेयर परिवत्र्य र अपरिवत्र्य, सञ्चित र असञ्चित, फिर्ता हुने र नहुने हुन्छ । कृषि विकास बैंकको फिर्ता नहुने र अपरिवत्र्य हो । एभरेष्ट बैंकको परिवत्र्य हो र क्रमशः साधारण शेयरमा रूपान्तरण हुन्छ । यसलाई अग्राधिकार शेयर भनिन्छ । कम्पनी खारेजीमा गएमा साधारण शेयरधनीभन्दा पहिलो क्रममा रहेर फिर्ता हुनसक्छ । यसलाई कतिपयले संस्थापकले धारण गरेको बढी लाभांश पाइने शेयर भने पनि त्यस्तो होइन ।

६. पार्सल्ली कन्भर्टिएबल डिवेन्चर (पीसीडी) : यो डिवेन्चरको अर्को स्वरूप हो । आंशिक रूपमा साधारण शेयरमा परिवर्तन हुन्छ । यस्तो किसिमको उपकरण अहिले नेपालमा जारी भएको छैन । परिवत्र्य भए पनि परिवर्तन नहुन्जेल यसमा पाइने लाभ एनसीडीमा जस्तै हो ।

७. फुल्ली कन्भर्टिएबल डिवेन्चर (एफसीडी) : यो पनि डिवेन्चरकै अर्को स्वरूप र निश्चित समयपछि पूर्णरूपमा साधारण शेयरमा रूपान्तरण हुन्छ ।

८. वारेन्टस     (डब्ल्यूएस) : कम्पनीले कम्पनीको शेयर विशिष्ट मूल्यमा विशेषीकृत समयमा किन्न विशेषीकृत अधिकार दिन्छ । यो लगभग हकप्रद जस्तै भए पनि यसको अवधि २ वर्षसम्मको हुन्छ । यो अवधिमा यसलाई हस्तान्तरण गर्न सकिन्छ तर अधिकारको सृजना गर्दैन । अधिकार सृजना हुन विशिष्ट समय आउनुपर्छ । यस्ता वारेन्टस कभर्ड, एसेट, इक्विटी, बास्केट, इन्डेक्स, डीट्याचेबल, वेडिङ, नेक्ड, क्यास एन्ड शेयर गरी नौ प्रकारका हुन्छन् । इक्विटी वारेन्ट पुट र कल गरी दुई प्रकारको हुन्छ ।

यसबाहेक टीएमएसमा उल्लेख नभएको ओएफसीडी (अप्सनल्ली फुल्ली कन्भर्टिएबल डिवेन्चर) पनि एउटा अर्को वित्तीय उपकरण हो । यो इच्छाधीन हुन्छ । धारकले साधारण शेयरमा परिवर्तन गराउन चाहे सबै परिवर्तन हुन्छ नचाहेमा हुँदैन । टीएमएसमा समावेश गरिएका र नगरिएका यस्ता उपकरण कहिले व्यवहारमा आउलान् कुनै अनुमान गर्न सकिँदैन । टीएमएसमा देखिनेबाहेक रियल इस्टेटमा आधारित भूमि लगानी कोष (रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट) जस्ता उपकरण पनि ल्याएर भूमिको कारोबारबाट प्राप्त हुने लाभमा सबैको पहुँच पुग्ने मात्र होइन, व्यवस्थित बस्ती बसोवासका लागि थप टेवा समेत पुग्ने थियो ।

लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्