ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हिमालय एअरलाइन्स् परीक्षण उडानको लागि ल्हासातर्फ

२०७७ माघ, ६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

माघ ६, काठमाडौं  । नेपाल र चीनको संयुक्त साझेदारीमा संचालित हिमालय एअरलाइन्स्ले आफ्नो पहिलो उच्चउचाई गन्तव्य–ल्हासाको परीक्षण उडानका लागि प्रस्थान गरेको छ । 

उक्त परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकावद्ध उडानहरू शुरू गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुरूप भएको  उक्त कम्पनीले बताएको छ ।

कम्पनीको वीमान त्रिभुवन अन्तरर्राष्ट्रिय विमान स्थलबाट बिहान ७ : १७ बजे मा ल्हासातर्फ प्रस्थान गरी ल्हासाको गोंगर अन्तरराष्ट्रिय विमानस्थलमा विहान स्थानीय समयअनुसार  १०ः४६ बजे अवतरण भएको थियोे ।  ल्हासाबाट फिर्ती उडान आजै हुने पनि कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्