काठमाडौं (अस) । बैंक अफ काठमाण्डू लिमिटेड र लाभी रेस्टुराँबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सम्झौतापछि ग्राहकले लाभी रेस्टुराँको सेवा उपभोगबापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र लाभी रेस्टुराँका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरे । हाल बैंकले ८९ शाखा, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।