ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ज्योति विकास बैंकको चार जिल्लाअस्पताललाई बेबी वार्मर सहयोग

२०७७ माघ, ७  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं, (अस) । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी ‘हाम्रो विकास प्रवद्र्धन कोष’ बाट चार जिल्ला अस्पताललाई बेबी वार्मर सहयोग गरेको छ ।

बैंकले महाकाली अञ्चल अस्पताल, कञ्चनपुर, प्युठान जिल्ला अस्पताल, बिजुवार प्युठान, मध्यबिन्दु जिल्ला अस्पताल, नवलपुर र कपिलवस्तु सामुदायिक अस्पताल, कपिलवस्तु लाई एक–एक थान बेबी वार्मर प्रदान गरेको हो ।

राष्ट्रिय आविष्कार केन्द्र र बैंकको महेन्द्रनगर शाखा, बाग्दुला शाखा, कावासोती शाखा र जीतपुर शाखाद्वारा सो बेबी वार्मर हस्तान्तरण गरिएको हो ।

नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर सहयोगबाट चारै जिल्लाका अस्पतालमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष लाभान्वित हुने बैंकले बताएको छ ।
बैंकले १२ औं वार्षिकोत्सव अवसरमा डा. महावीर पुनद्वारा प्रवद्र्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पताललाई हस्तान्तरण गर्न गरी सहकार्य गर्न ८ लाख रुपैयाँ प्रदान गरेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्