ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नयाँ सुजुकी डिजायरको बुकिङ खुला

२०७७ माघ, ७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सेलिङ सेडान डिजायरको नयाँ अवतार सार्वजनिक गरेको छ ।

२०२१ डिजायरमा नयाँ बम्पर र ग्रिल डिजाइनसहितको बोल्ड एवं स्टाइलिस फ्रन्ट फेसिया र आधुनिक वुड फिनिस इन्टेरियर रहेको छ ।

‘हामीले सुजुकी डिजायरको पहिलो पुस्ता एक दशकअघि नेपाली बजारमा ल्याएका थियौं । बेस्ट इनक्लास फिचर र कम्फर्टले नेपालमा यो सबैभन्दा बढी मन पराइएको कार बन्न सफल भएको छ,’ सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने ।

२०२१ डिजायरमा सेग्मेन्टमै पहिलो पटक आइडल स्टार्ट–स्टप टेक्नोलोजी (आईएसएस) भएको नेक्स्ट जेन के सिरिज इन्जिन, नयाँ इन्टेरियर र एड्भान्स्ड फिचर राखिएको उनले बताए ।

स्टार्ट–स्टप फंक्सनसहितको के सिरिज डुअल जे, डुअल भीभीटी बीएस६ पेट्रोल इन्जिनले नयाँ डिजायरलाई कम उत्सर्जन र उच्च माइलेजसहितको डिजायरेबल कार बनाएको उनको भनाइ छ ।

नेपाली ग्राहकले खोजेजस्तो स्टेट अफ आर्ट डिजाइन र अत्याधुनिक प्रविधि भएकाले नयाँ डिजायरबाट ग्राहक हरेक हिसाबले सन्तुष्ट हुने विश्वास कम्पनीको  छ ।

२०२१ डिजायरमा आईएसएस फंक्सनसहितको नेक्स्ट जेन के सिरिज डुअल जेट, डुअल भीभीटी बीएस६ इन्जिन राखिएको छ । उच्च कम्प्रेसन रेसियो, कुल्ड ईजीआर सिस्टम र पिस्टन कुलिङ जेट भएको नयाँ इन्जिन पहिलेभन्दा परिस्कृत छ, जसले इन्जिनको कार्यक्षमता बढाउनुका साथै घर्षणलाई कम गर्छ । यसको माइलेज २३.२६ किलोमिटर प्रतिलिटर रहेको छ ।

कारको फ्रन्ट फेसियालाई परिस्कृत गरी बोल्ड र स्टाइलिस बनाइएको छ । कारमा ट्वीन पड मिटर क्लस्टर र नयाँ १०.६७ सेन्टिमिटरको मल्टिइन्फर्मेसन टीएफटी डिस्प्ले प्रयोग गरिएको छ । यसमा प्रयोग भएको मोर्डन वुडन फिनिसले कारको डोर र इन्स्ट्रयुमेन्ट प्यानललाई नेचुरल ग्लस फिनिस दिएको छ ।

नयाँ डिजायरमा पर्याप्त स्पेस र उत्कृट सुरक्षा व्यवस्था छ । एजीएस भेरिएन्टमा इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम र हिलहोल्ड फंक्सन छ ।

कारमा फ्रन्ट र रियर दुवै ब्रेक ठूलो आकारको छ भने सबै भेरियन्टमा डुअल एअर ब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ड, चाइल्ड सिट रिस्टेन सिस्टम र इबीडीसहितको एबीएस रहेको छ ।

हार्टटेक्ट प्ल्याटफर्मको पाँचौ पुस्तामा तयार गरिएको नयाँ २०२१ डिजायर फ्रन्टर अफसेट, साइड इम्प्याक्ट र पेडेस्ट्रिय रेगुलेसनमा आधारित छ ।

डिजायर भीएक्सआईको मूल्य ३४ लाख २९ हजार र डिजायर जेड्एक्सआईको मूल्य ३७ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्