ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दाङमा माछापालन व्यवसाय फस्टाउँदै

२०७७ माघ, ७  
प्रदेश ०५
NA

दाङ । दाङमा पछिल्लो समय माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पहिलेको समयमा नदी, खोला र प्राकृतिक पोखरीमा पालिने माछा पछिल्लो समयमा व्यावसायिक रूपमा पाल्न थालिएको छ ।     

उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको हो । माछापालनका लागि जिल्लामा उपयुक्त माटो र हावापानी भएकाले पनि यो पेशामा व्यावसायिक रूपमा लाग्नेहरू बढेका छन् । जिल्लाको लमही नगरपालिका र गढवा गाउँपालिकामा माछापालन फस्टाएको छ भने घोराही उपहानगरपालिका–५ धर्ना माछापालनका लागि पकेट क्षेत्र घोषणा गरिएको छ । पकेट क्षेत्रका माछापालक किसानलाई अनुदान तथा प्राविधिक सहयोग प्रदान गरिँदै आएको छ ।

थोरै लगानीमा धेरै आम्दानी हुने भएकाले यो व्यवसायमा आकर्षण बढ्दै गएको घोराही–५ धर्नाका कृषक दीपक रावतले बताए । आफूले १२ ओटा पोखरीमा करीब १ लाख माछाबाट वार्षिक ३० लाख बराबरको आम्दानी गर्दै आएको उनले सुनाए । राम्रो आम्दानी भएका कारण खेतीयोग्य जमीनमा पोखरी बनाई माछापालन व्यवसाय शुरू गरेको उनले बताए । यस्तै लमही नगरपालिका–५ का टीकाराम गिरीले तीन बिघा क्षेत्रफलमा पोखरी बनाई माछापालन गरेका छन् । २० लाख लगानीबाट व्यवसाय शुरू गरेका गिरीको लगानी बढेर अहिले ८० लाख पुगेको छ । माछाबाट वार्षिक २५ लाख आम्दानी हुने गरेको उनले बताए । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्