ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

इन्फिनिटी लघुवित्तको लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन 

२०७७ माघ, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ ७, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ । 

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि माघ ९ गते बुक क्लोज गरेसँगै बिहीवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

उक्त प्रस्ताव पारितका लागि कम्पनीले माघ २४ गते केन्द्रिय कार्यालय गैडाकोटमा बिहान ११ बजे साधारण सभा आयोजना गरेको छ । 

साथै, सभाले अन्य कुनै वित्तीय संस्थासँग गाभ्न गाभिन परेमा त्यस सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्