ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो घण्टामा १९.३७ अंकले बढ्यो नेप्से परिसूचक (१२ बजेको अपडेट)

२०७७ माघ, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

माघ ७, काठमाडौं । बुधवार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १९ दशमलव ३७ अंकले बढेर २ हजार ३४६ दशमलव २७ विन्दुमा पुगेको छ ।   

२ हजार ३६१ दशमलव ५२ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ८३ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको १३ हजार ०६० पटकको कारोबारमा २६ लाख ९२ हजार ९६५ कित्ता शेयरको रू. १ अर्ब ४५ करोड ६ लाख ७० हजार बराबरको खरीदविक्री भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ११ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।

कारोबारको पहिलो घण्टामा वेष्ट फाइनान्स, कर्पोरेट डेभलपमेण्ट बैंक, नारायणी विकास बैंक, नेपाल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सप्तकोशी डेभलपमेण्टको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २७ करोड ३८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार ८४६ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्