ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

खाने तेलको मूल्य बढाउने दुई ओटा उद्योगलाई कारवाही        

२०७७ माघ, ७  
समाचार
Image Not Found

माघ ७, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई ओटा उद्योगलाई कारवाही गरेको छ ।

केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मङ्गलबार बारामा सञ्चालित दुई  ओटा उद्योगले मूल्य बढाएको भेटेपछि कारवाहीस्वरुप जरिवाना गरिएको बताइएको छ ।     
     
विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाइँले बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि कारवाही गरिएको बताए । उनका अनुसार बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाहीस्वरुप ३/ ३ लाख रुपियाँ जरिवाना गरिएको हो ।     
     
पछिल्लो समय बजारमा खाने तेलको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको छ । तीन महीनाअघिको तुलनामा हाल तोरीको तेलको मूल्य प्रतिलिटर ४० रुपियाँ, सनफ्लावर तेल प्रतिलिटर ४० रुपियाँ र भटमासको तेल लिटरमा २० रुपियाँ भन्दा बढीले मूल्य बढाइएको छ ।     
     
अनुगमनका क्रममा अस्वभाविक रुपमा बढाइएको खाने तेलको मूल्यवृद्धि सच्याउन निर्देशन दिइएको छ भने निर्देशनका पालना नगरे कानूनअनुसार थप कारवाही हुने बताइएको छ । मागअनुसार स्वदेशी उत्पादनले नपुग्ने र अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्दा पछिल्लो समय खाने तेलको मूल्यमा वृद्धि भएको व्यवसायी बताउँछन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्