ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतले उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप बिहीवार नेपाल आइपुग्दै

२०७७ माघ, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

माघ ७, काठमाडौं ।  नेपालमा कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप बिहीवार आइपुग्ने भएको छ । स्वास्थ्य मन्त्रालयमा बुधवार आयोजित संयुक्त पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले भारतको सहयोगमा भ्याक्सिनको खोप बिहीवा रनै काठमाडौं आइपुग्ने बताए।

प्रथम चरणको यो खोपले नेपालमा अग्रपंक्तिमा खटिने योद्धाहरूलाई कोरोनाविरूद्ध लड्न मद्दत पुर्‍याउने नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बताए ।

औषधि व्यवस्था विभागले अघिल्लो साता भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको अक्सफोर्ड र अस्त्रजेनेकाको कोभिशिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो।

भारतमा कोरोना भाइरसविरुद्धको कोभिशिल्ड र कोभ्याक्सिन खोपलाई प्रयोग गर्न अनुमति दिइएको छ। कोभिशिल्ड बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्त्रजेनेका कम्पनीले विकास गरेका हुन् ।

नेपालको कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने सरकारले योजना बनाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्