माघ ७, काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले २६औं वार्षिक साधारण बुधवार सभा सम्पन्न गरेको छ । सभा होटल हिमालयन कुपण्डोलमा सम्पन्न भएको हो । सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।
साथै, सभाले कम्पनीको शेयर संरचना परिवर्तन गर्ने प्रस्तावलाई पनि पारित गरेको हो । बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी परिवर्तन प्रबन्धपत्र तथा नियामावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।