ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जडीबुटी खेतीको विस्तारमा योजनाबद्ध काम गर्दै डिभिजन वन कार्यालय भोजपुर

२०७७ माघ, ७  
प्रदेश ०१
Image Not Found
author avatar गणेश विष्ट

माघ ७, भोजपुर । जडीबुटी खेतीको विस्तारमा डिभिजन वन कार्यालय भोजपुरले योजनाबद्ध रुपमा काम अघि बढाएको छ । कार्यालयले स्थानीयलाई जडीबुटी खेतीमा लाग्न प्रोत्साहन गर्ने लक्ष्यका साथ नर्सरी स्थापना गरेर एक लाख बिरुवा वितरणको तयारी गरेको छ । 

यहाँका माथिल्लो भेगका स्थानीयले जडीबुटी खेतीबाट राम्रो आम्दानी समेत गरिरहेका छन् । कृषकहरु थप प्रोत्साहन गर्न वन कार्यालयले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ । वन कार्यालयको पहलमा विभिन्न ठाउँलाई पकेट क्षेत्रका रुपमा विकास गरेर जडीबुटीको विस्तार गरिएको छ । 

प्रदेश हरित अभियान कार्यक्रम अन्तर्गत नर्सरी निर्माण गरेर लोडसल्ला, पाखनवेत, पटपटे लगायतका एक लाख विरुवा उत्पादन गरेर किसानलाई वितरणको तयारी गरिएको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

कार्यालयले षडानन्द नगरपालिका–१३ भिरथाप्लामा २ हजार ४५० मिटर उचाईमा करीब दुई रोपनी क्षेत्रफलमा विभिन्न जातका जडीबुटीहरुको उत्पादन गर्ने लक्ष्यका साथ नर्सरी स्थापना गरेको हो । यहाँ उत्पादन भएका बिरुवा सामुदायिक वनका पाखा, स्थानीयका निजी जमिनमा समेत विस्तार गर्ने योजना रहेको बताइएको छ । 

वन कार्यालय प्रोत्साहन स्वरुप विभिन्न खाले कार्यक्रम सञ्चालनमा ल्याएसँगै स्थानीय जडीबुटी कृषकहरु उत्साहित छन् । कार्यालयले २० लाख लागतमा नर्सरीको स्थापना गरेको हो । यसलाई थप विस्तार तथा स्तरोन्नति गर्ने लक्ष्य रहेको कार्यालयको भनाइ छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्