ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना भाइरसको नयाँ प्रकारमा फाइजरको खोप प्रभावकारी

२०७७ माघ, ७  
अन्तरराष्ट्रिय
Image Not Found

माघ ७, लन्डन (बेलायत) । अमेरिकी फर्मा कम्पनी फाइजर इंक र जर्मन साझेदार बायोएनटेकले विकास गरेको कोभिड–१९ विरोधी खोप बेलायतमा  पाइएको कोरोना भाइरसको नयाँ प्रकारमा समेत प्रभावकारी देखिएको छ ।

बी.१.१.७. नामक सो प्रकार बेलायत पहिलो पटक सन् २०२० को सेप्टेम्बरमा पाइएको थियो । भाइरसको सो प्रकार असामान्य रुपमा फरक भएको र यो झनै संक्रामक थियो ।

भाइरसमा कोभिड–१९ विरोधी खोप प्रभावकारी नहुने हो कि भन्ने चिन्ता धेरै थियो । तर बायोरिक्सिभले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार भने बी.१.१.७. र शुरुमा देखिएको कोरोना भाइरसको प्रकारबीच न्यूट्रिलाइजेशन गतिविधिमा जैविक रुपमा खासै धेरै फरक छैन ।

मोडेर्ना र अस्त्रजेनेकाले पनि आफ्नो खोप कोरोना भाइरसको नयाँ प्रकारमाथि प्रभावकारी हुने अपेक्षा गरेका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्