काठमाडौं, (अस) । नेपाल–बंललादेश बैंकले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा–१, सिरुटारमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ बैंकको भक्तपुरमा यो शाखा तेस्रो हो । शाखा उद्घाटन पूर्वउद्योगमन्त्री महेश बस्नेतले गरेका थिए ।
कार्यक्रममा बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले सिरुटार शाखाबाट अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने बताए ।
बैंकले शाखासँगै एटीएम सेवा पनि सञ्चालनमा ल्याएको छ । बैंकले सिरुटारसहित ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर र ८२ वटा एटीएममार्फत बैंकिङ सुविधा दिँदै आएको छ ।