ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रासायनिक मल पर्याप्त हुँदा पनि पुगेन किसानसम्म

२०७७ माघ, ८  
प्रदेश ०२
NA

वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जको गोदाममा रासायनिक मल पर्याप्त मात्रामा रहेको भनिए पनि किसानसम्म पुग्न नसकेको गुनासो बढ्दै गएको छ । कार्यालयको गोदाममा भने युरिया, डीएपी र पोटास मल पर्याप्त मात्रामा रहेको बताइएको छ ।

धानखेतीको मौसममा किसानले पर्याप्त मात्रामा रासायनिक मल नपाएर सोचेजस्तो धानको उत्पादन लिन नसकेको वीरगञ्ज महानगरपालिका–१७ का किसान रामविजय यादवले बताए ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म युरिया ११ हजार ७७१ टन, डीएपी ११ हजार ८६ टन र पोटास चार हजार ६२१ टन आएको थियो । सोही अवधिमा ५ करोड ४४ लाख पाँच हजार मूल्य बराबरको तीन हजार ६३७ टन युरिया, १० करोड २४ लाख मूल्य बराबरको दुई हजार २२८ टन डीएपी र एक करोड १२ लाख मूल्य बराबरको पोटास विक्री गरिएको कम्पनीका प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताए । १४ स्थानीय तह रहेको पर्सामा रासायनिक मल बेच्ने आधिकारिक सहकारी संस्थाको संख्या ११५ छ भने ८० प्रतिशत किसान गहुँखेती गर्दै आएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्