ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुदूरपश्चिमको बजेट खर्च ४ अर्ब २७ करोड

२०७७ माघ, ८  
सुदूरपश्चिम प्रदेश
NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष (आव)को ६ महीना अवधिमा रू. ४ अर्ब २७ करोड ८४ लाख बजेट खर्च गरेको छ । सो अवधिसम्ममा प्रदेश सरकारको कुल बजेटको १२ दशमलव ८२ प्रतिशत मात्र कार्यान्वयन भएको हो ।

चालू आवका लागि सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्व ३८ करोड १३ लाख ४८ हजारको बजेट ल्याएको छ । विगतका वर्षमा जस्तै गरी चालू आवमा पनि बजेट कार्यान्वयन अपेक्षाकृत बढ्न नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीले बताएको छ ।

सुदूरपश्चिम प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत यज्ञराज पाण्डेयका अनुसार पूँजीगततर्फ १६ अर्ब ९५ करोड ७२ लाख ६८ हजारमध्ये १ अर्ब ९८ करोड ५८ लाख १८ हजार ७३० अर्थात् ११ दशमलव ७१ प्रतिशत खर्च भएको छ । यस्तै चालूतर्र्फ १६ अर्ब ४२ करोड ४० लाख ८० हजारमध्ये २ अर्ब २९ करोड २५ लाख ७३ हजार ६६८ अर्थात् १३ दशमलव ९६ प्रतिशत बजेट खर्च भएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा नियन्त्रक वासुदेव जोशीले चालू आर्थिक वर्ष २०७७/७८ को ६ महीनामा कुल बजेटको १२ दशमलव ८२ प्रतिशत खर्च भएको जानकारी गराए । ‘गत आवको सोही अवधिमा कुल बजेटको ९ दशमलव ८९ प्रतिशत खर्च भएको थियो,’ उनले भने ।

सबैभन्दा बढी बजेट प्राप्त गरेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सो अवधिमा विनियोजित बजेटको १५ दशमलव ९ प्रतिशत खर्च गरेको छ । त्यस्तै ३ अर्ब ३४ करोड ११ लाख ९६ हजार बजेट प्राप्त गरेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ७ दशमलव ९९ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेशका सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयहरूको बजेट खर्च पनि सुस्त रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्