ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

म्याग्दीमा ६१ प्रतिशत निजीआवास पुनर्निर्माण

२०७७ माघ, ८  
गण्डकी प्रदेश
NA

म्याग्दी । म्याग्दीमा ६१ प्रतिशत भूकम्पपीडित लाभग्राहीले निजी आवास पुनर्निर्माण सकेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेकामध्ये हालसम्म ६०२ जनाले आवास पुनर्निर्माण गरेका हुन् ।  
 
प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख नारायण ढकालका अनुसार ९८१ लाभग्राहीले रू. ५० हजारका दरले पहिलो किस्ता अनुदान लगेका छन् । ६६५ जनाले दोस्रो किस्ता लगेका छन् भने सम्झौता गरेका ८३ जनाले अनुदान लगेका छैनन् । सम्झौता गरेर पहिलो किस्ता अनुदान नलैजाने र पुनर्निर्माण शुरू नगर्नेलाई लाभग्राहीको सूचीबाट हटाउने प्रक्रिया अघि बढाउने तयारीमा रहेको कार्यालय प्रमुख ढकालले बताए । भूकम्पबाट कम प्रभावित जिल्लाको सूचीमा पर्ने म्याग्दीमा २०७३ चैतदेखि सम्झौता र २०७४ मङ्सिरदेखि पीडितको खातामा अनुदान पठाएर निजी आवास पुनर्निर्माण शुरू गरिएको थियो । दोस्रो किस्ताबापत डीपीसी गरेपछि १ लाख ५० हजार र भवन बनाएपछि अन्तिम किस्ताबापत १ लाख अनुदान उपलब्ध गराउने कार्यविधि छ ।

जिल्लामा प्राविधिक आउनुअघि बनेका १४२ ओटा घरका धनीलाई गतवर्ष एकमुष्ट २ लाख ५० हजारका दरले भुक्तानी गरिएको थियो । उनीहरूले यसअघि ५० हजारका दरले अनुदान लगेका थिए । छुट तथा पुनः सर्वेक्षणबाट थपिएका १८० जनामध्ये १४० जनासँग सम्झौता भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ मङ्सिर मसान्तसम्म सम्झौता र २०७७ पुस १५ गतेभित्र पहिलो किस्ता अनुदान लगिसक्नुपर्ने समय तालिका बनाएको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्