ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चीनमा क्वालकमको चिप बजार हिस्सा घट्यो 

२०७७ माघ, ८  
अन्तरराष्ट्रिय
Image Not Found

माघ ८, पेचिङ (चीन) । सन् २०२० म चीनको स्मार्टफोन चिप बजारमा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमको हिस्सा खुम्चिएको छ । 

अमेरिकाले चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेई माथि प्रतिबन्ध लगाएपछि घरेलु मोबाइल कम्पनीहरु अन्य विकल्पतर्फ लागेपछि कम्पनीको बजार हिस्सा घटेको हो । 
सिन्नो रिसर्चका अनुसार गत वर्ष चीनमा ३० करोड ७ लाख थान स्मार्टफोनमा लाग्ने चिप (एसओसी) ढुवानी भएको छ । 

यो अघिल्लो वर्षको तुलनामा २० दशमलव ८ प्रतिशत कम हो । अघिल्लो वर्षको तुलनामा सन् २०२० मा क्वालकमको चीनमा चिप ढुवानी ४८ दशमलव १ प्रतिशतले घटेको सिन्नो रिसर्चको भनाइ छ । 

योसँगै सन् २०१९ मा चीनको चिप बजारमा ३६ दशमलव ९ प्रतिशतबाट कम्पनीको बजार हिस्सा गत  वर्ष घटेर २५ दशमलव ४ प्रतिशतमा झरेको छ । क्वालकमको बजार हिस्सा घट्नुको एउटा कारण भने हुवावेईमाथिको अमेरिकी प्रतिबन्ध पनि हो । एजेन्सी


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्