ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाली बाँस गुणस्तरीय प्रमाणित

२०७७ माघ, ९  
१० वर्ष अघि
NA

झापा, धनकुटा, बारा, उदयपुर र स्याङ्जालगायत जिल्लाका बाँसहरू र बाँसबाट निर्मित घरहरू अन्तर्राष्ट्रिय निर्यातका लागि उच्च गुणस्तरका पाइएका छन् । चिनियाँ विशेषज्ञहरूको टोलीले यी जिल्लाहरूको भ्रमणपछि यस्तो निष्कर्ष निकालेको हो ।

यसको सम्भाव्यता अध्ययन गर्न चीनबाट बाँस विशेषज्ञ चेइङको नेतृत्वमा व्यवसायीहरूको ६ सदस्यीय टोली नेपाल आएको थियो । उक्त टोलीले ती जिल्लामा बाँसको मोडेल घर बनाउन निर्देशन दिएको थियो । बाँसबाट निर्मित घरहरूको अन्तर्राष्ट्रिय बजारमा सम्भावना देखिएपछि यसलाई प्रवद्र्धन गर्न हाल विभिन्न संघसंस्थाहरू जुटेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्र र नेदरल्यान्ड सहयोग नियोग (एनएनभी) को सहयोगमा स्थानीय किसानका लागि बाँसको पोस्ट हारबेस्टिङ ट्रेनिङ सञ्चालन गरिएको छ । हाल पहिलो चरणमा सुनसरी, इलाम र झापाको शनिश्चरे, बुधबारे र बाहुनडाँडा गरी ५ ठाउँमा सञ्चालन भएको छ । तीन दिनसम्म चल्ने सो तालिमको उद्देश्य किसानलाई बाँसको व्यवस्थापनका बारेमा जानकारी दिनु रहेको छ । तालिम सकिएलगत्तै बाँसको कलेक्सन सेन्टरहरू तोकिने केन्द्रले बताएको छ । अहिले नेपालमा ब्याम्बु हाउसलाई कम्प्लेक्स बोर्डहरू बनाउन र बिरा फर्निचर उद्योगलाई हाउजिङ निर्माण गर्ने जिम्मा दिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले बताए । नेपालमा निर्मित कम्प्लेक्स बोर्डहरू चीनमा परीक्षण गर्न पठाइएको छ । त्यसको रिपोर्ट अझै आइनसकेको ताम्राकारले बताए । यसको प्रारम्भिक कार्यका लागि महासंघले चीनको इन्रटेसनल नेटवर्क फर ब्याम्बो एन्ड रेट्टल (इनबार) संस्थालाई रू २१ लाख ६० हजार बराबरको रकम माग गरेको बताइएको छ ।

अंक ३८, २०६७, जेठ १०–१६

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्