ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उत्तरमा नाकाबन्दी ?

२०७७ माघ, ९  
पाठक विचार
NA

कोरोनाका कारण १ वर्षदेखि उत्तरी नाका करीबकरीब बन्छ । तर, चीनबाट सामान आयात हुने क्रम रोकिएको छैन । समुद्री मार्ग वा कार्गोबाट मगाइएका महँगा सामान किन्न नेपाली बाध्य छन् । तर, चीनले नेपालको यो समस्यालाई कत्ति पनि वास्ता गरेको छैन । नेपालले लगातार कूटनीतिक प्रयास गर्दा पनि दुवै नाकाबाट सामान आउन नसकेपछि यसलाई चीनले लगाएको अघोषित नाकाबन्दी भन्नुपर्ने अवस्था आइपरेको छ । दक्षिण नाकामा यस्तै अवरोध आएको भए निकै ठूलो हल्लीखल्ली हुने गथ्र्यो तर उत्तरी नाका वर्ष दिनदेखि बन्द हुँदा सरकार, राजनीतिक दल र नागरिकहरूलाई समेत चासो छैन । तर, धेरै व्यापारीका सामान चीनतिरै अलपत्र परेका छन् । घुमाउरो बाटोबाट सामान ल्याउनुपर्दा व्यवसायी र उपभोक्ता दुवैले बढी पैसा तिर्नुपरेको छ ।

कोभिड संक्रमण कम हुँदै गए पनि केरुङ र तातोपानी नाकाबाट सहज रूपमा सामान पठाउन चीनले आनाकानी गरिरहेको छ । विभिन्न बहाना गरेर सामान रोकेको छ र नाकाबन्द छैन भन्ने देखाउन दिनको एकदुई ट्रक सामान ल्याउन पनि दिएको छ । यसमा चीनको केही चासो पक्कै छ भन्ने देखिन्छ । तर, उसले जलमार्ग हुँदै नेपालमा सामान ल्याउन कुनै रोकतोक गरेको छैन । उसले अरू देशलाई यस्तो व्यवहार गरेको छैन ।

चीनको अवरोधका कारण १ वर्षअघि आएका सामान चीनको यार्डमा बेवारिसे अवस्थामा छ । अधिकांश सामान काम नलाग्ने अवस्थामा पुगेका छन् । करोडौं लगानी गरेका व्यवसायी घरको न घाटको भएका छन् ।

कोरोनाका कारण कडाइ गरिएको भए पनि अब धेरै समय बितिसकेकाले आवागमन सहज बनाउन कुनै बाधा देखिएको छैन । चिनियाँसँग कूटनीतिक तहमा गर्न सकिने संवाद रोकिएको छ । चीनबाट सामान भिœयाउन भारतभन्दा सहज कहिल्यै पनि भएन ।

गतवर्ष पुसदेखि बन्द भएका चिनियाँ दुई नाका तातोपानी र केरुङ कामचलाउका रूपमा मात्र सञ्चालनमा छन् । चिनियाँले आफूखुशी कन्टेनर रोक्ने र पठाउने गर्दा नेपालका सरकारी अधिकारी चुपचाप छन् । अहिले तातोपानी नाका फेरि मितेरी पुल मर्मतका लागि बन्द गरिँदै छ ।

भारतले नाकाबन्दी लगाउँदा नागरिकस्तरबाट विरोध मात्रै भएन, कूटनीतिक तहमै नाका खुलाउन छिटै पहल भएको थियो । तर, चीनले १ वर्षदेखि अघोषित रूपमा नाकाबन्दी लगाउँदा पनि सरकारदेखि सम्बद्ध निकायहरू चुपचाप बसेको देखिन्छ ।

चिनियाँ पक्षले अघोषित नाकाबन्दी गर्दा नेपाल सरकार मौन बस्नु रहस्यमय छ । भारतमा यति बेलासम्म नाकाबन्दी भएको भए नारा जुलुस हुन्थ्यो होला । तर, चीनले यसरी बेमतलब नाका अवरोध गर्दा पनि कसैको चासो नदेखिनु अचम्मको विषय बनेको छ ।

मोहन त्रिपाठी
कुमारीगाल, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्