ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सरकारी बैंकको मर्जर

२०७७ माघ, ९  
पाठक विचार
NA

नेपालका सरकारी बैंकहरूको अवस्था सुध्रँदै गए पनि शुरुवाती चरणमा जुन गौरवमय स्थान थियो, त्यो भने अहिले पनि छैन । वर्तमान अवस्थामा स्थिर प्रायः वित्तीय स्वास्थ्यको स्थितिमा रहेका यी बैंकहरूको भविष्य भने अन्योलग्रस्त देखिन्छ ।

गौरवशाली इतिहास भएका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैक र कृषि विकास बैंकले जीवनको मध्यकालमा संकटको स्थिति भोग्नु पर्‍यो । वि.सं. २०५० को दशकमा सरकारी बैंकहरु खासगरी नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको वित्तीय संकटले गम्भीर मोड लियो । उच्च व्यवस्थापनको वित्तीय अराजकता र प्रशासनिक तथा राजनीतिक हस्तक्षेपसमेतका खराब कर्जा बढ्न थाल्यो । राष्ट्रिय वाणिज्य बैंक लगभग खारेजीको मुखमा पुगेको थियो । तर नेपाल राष्ट्र बैंकले व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएपछि सुधार हुन थालेको हो ।

हाल व्यावसायिक ढंगले सञ्चालनमा आए पनि बजार हिस्सा घटिरहेको पृष्ठभूमिमा अर्थतन्त्रमा सान्दर्भिक भइराख्न यी बैंकहरुका लागि चुनौती थपिएको देखिन्छ ।

बैंक तथा वित्त कम्पनीहरुलाई आफूमा गाभ्नु, निजी क्षेत्रका बैंकहरुले ग्राहकलाई छिटोछरितो सेवा दिनु र नयाँ वित्तीय प्रविधि ल्याउनुका कारण सरकारी बैंकहरुको बजार हिस्सा क्रमशः घट्दै गएको छ ।

अहिले निजी बैंकहरूबीच कडा प्रतिस्पर्धा छ । सरकारी बैंकलाई स्रोतको समस्या नभएकाले यसका सूचकहरू राम्रा देखिएका छन् । तर, निजी बैंकहरू मर्जरमा गएपछि ती निकै ठूला हुने र त्यसबाट सरकारी बैंकहरूलाई असर पर्ने हुन सक्छ । यस्तोमा सरकारी बैंकहरूलाई पनि मर्जरमा लैजानु उपयुक्त हुन्छ ।

सन्देश आचार्य
नयाँबजार, काठमाडौं

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्