काठमाडौं (अस) । कुमारी बैंकले ग्राहक लक्षित डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यले इन्सेन्टिभ योजना सुरु गरेको छ ।
योजनाअन्तर्गत ०७७ पुस १ पछि कुमारी बैंकको मोबाइल एप्लिकेसन ‘कुमारी स्मार्ट’ मा रजिस्टर भएका ग्राहकले वार्षिक मोबाइल रेजिस्ट्रेसन शुल्कमा १ सय रुपैयाँ फिर्ता पाउनेछन् । सो रकम फिर्ता पाउन ग्राहकले रजिस्ट्रेसन गरेको मितिदेखि ३ महिनाभित्रमा कुमारी स्मार्टमार्फत २ हजार रुपैयाँसम्मको कारोबार गरेको हुनुपर्नेछ ।
सो कारोबारमा कुमारी स्मार्टमार्फत गरिएका हरेक क्यूआर भुक्तानी, टपअप तथा पानी, बिजुली, इन्टरनेट, टिभी भुक्तानीलगायत स्कुल कलेजको फी तथा मर्चेन्टको बिल भुक्तानीसमेत सम्मिलित हुने बैंकका डिजिटल प्रमुख अनिष ताम्राकारले बताए ।