ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिटिजन्स बैंकको भिसा कन्ट्याक्टलेस कार्ड

२०७७ माघ, ९  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले ग्राहकका लागि भिसा कन्ट्याक्टलेस कार्ड सुरु गरेको छ । नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात ट्याप सुविधा भएको प्वाइन्ट अफ सेल (पीओएस) मेसिनमा प्रयोग गर्न सकिन्छ ।

यस प्रविधिमा मेसिनभित्र कार्ड नछिराई एउटा सीमित दूरीबाट पीओएस मेसिनमा ट्याप मात्र गरेर भुक्तानी गर्न सकिन्छ । यो प्रविधि सरल एवं सहज हुनुका साथै हालको कोभिडको जोखिमबाट बच्न मिल्ने गरी कारोबार गर्न सकिनेछ ।

राष्ट्र बैकको नियमानुसार हाललाई यस प्रविधिबाट प्रतिकारोबार २ हजार रुपैयाँसम्म बिनापिन कारोबार गर्न सकिने व्यवस्था छ ।

हाल बैंकले १ सय ९ वटा शाखा, ९८ वटा एटीएम र १ सय ७ वटा शाखारहित सेवामार्फत बैंकिङ सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्